Like us!
Follow us!
Connect us!
Watch us!

नेपालका सूचिकृत कम्पनीहरुले लाभांश वितरणको प्रणाली नै परिवर्तन गर्नु जरुरी छ: विश्लेषक अर्याल

अर्थ संसार टक

शनिबार, ०८ जेठ २०७८, १२ : २३ मा प्रकाशित

नेपालका सूचिकृत कम्पनीहरूकाे लाभांश नीति उपयुक्त नभएकाे वित्तीय अर्थशास्त्री तथा सेयर विश्लेषक मुक्ति अर्यालले बताएका छन् । 

अर्थसंसार डटकमकाे साप्ताहिक कार्यक्रम "अर्थसंसार टक" मा कुराकानी गर्ने क्रममा उनले नेपालका कम्पनीहरुले लाभांश वितरणको प्रणाली नै परिवर्तन गर्नु जरुरी रहेकाे बताएका हुन् । नेपालका सूचिकृत कम्पनीहरूकाे लाभांश नीति उपयुक्त नएकाे उनी बताउँछन् । यदि कम्पनीहरूले लाभांश नीति स्थिर राख्ने हाे भने इन्साइडर ट्रेडिङहरू नहुने उनी बताउँछन् । लाभांशकाे हल्ला चलाएर खेल गर्ने अहिलेकाे प्रकृयालाई स्थिर लाभांश नीतिले हटाइदिने उनले बताएका छन् ।

नेपाली सेयर बजारकाे सिस्टम (प्रणाली) राम्राे नभएकाे उनी बताउँछन् । उनले ठ्याक्कै समस्या के हाे त्याे कुरा पहिचान गर्नुपर्ने बताएका हुन् । उनी भन्छन्, "बाहिर जती कराए पनि सिस्टम सुधार नगरेसम्म केही हुँदैन" । प्रभावकारी विधी कार्यान्वयनमा नलेराउने हाे भने बाहिर जती नै कराए पनि उजुरी गरेपनि यसमा सधार ल्याउन नसक्ने उनी बताउँछन् ।  

सेयर बजारलाई अझै माथी लैजान थप कम्पनी चाहिने पनि उनी बताउँछन् । कुराकानी गर्ने क्रममा उनले सेयर बजारलाई अझै माथी लैजान थप कम्पनी चाहिने बताएका हुन् । उनले समयअनुसार सेयर बजार अझै माथी जाने बताएका छन् ।

आज डिम्याट खाता खोलेर भोलि दोस्रो बजारमा प्रवेश गर्नु हुन्नः लगानीकर्ता ढकालसँगको कुराकानी

उनले नेपालकाे नेप्से इन्डेक्स वैज्ञानिक तवरले विकास गर्नुपर्ने बताएका छन् । अहिलेकाे इन्डेक्स सही नभएकाे बताउँदै उनले इन्डेक्स गणनाकाे तरिकालाई सार्वजनिक गर्नुपर्ने पनि बताएका छन् । अहिलेकाे इन्डेक्सले बजारलाई राम्ररी प्रतिनिधित्व नगरेकाे उनकाे भनाइ छ । नेप्सेले नै इन्डेक्स नबनाएर जसले बनाए पनि हुने उनी बताउँछन् ।

उनले कुनैपनि कम्पनीकाे साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएपछि त्यसलाई अंकुश नलगाउने हाे भने एकैदिनमा हजारदेखि बाह्र सय पुग्ने बताएका छन् । नेप्सेकाे इन्डेक्सलाई बढाउन यसले मद्दत गर्ने उनकाे भनाइ छ ।

"टी प्लस टु" काे अभ्यास सुरू गरिनु एकदमै राम्राे भएकाे उनी बताउँछन् । काराेबार राफसाफ तथा फर्छ्याैटमा पनि केही सुधारहरू भने आवश्यक रहेकाे उनले बताएका छन् । सेयर किनेकै दिन लगानीकर्ताकाे खातामा आउनुपर्ने उनकाे भनाइ छ । उनी भन्छन्, "सेयर किनेकै दिन लगानीकर्ताकाे खातामा पनि आउनुपर्याे अनि पैसा पनि जानुपर्याे ।" यसाे गर्ने हाे भने काराेबार अझै धेरै बढ्ने उनी बताउँछन् ।

बैंकलाई ब्रोकर लाइसेन्स दिनै पर्छ : राधा पोखरेलसँग कुराकानी (भिडियोसहित)

नयाँ लगानीकर्ताहरूले किनबेच गरिराख्न नहुने उनी बताउँछन् । नयाँ लगानीकर्ताहरूले थाेरै किनेर हाेल्ड गरेर बस्नुपर्ने उनकाे भनाइ छ । कम्पनीकाे राम्ररी छनाेट गरेर थाेरै थाेरै किनेर राख्नु नयाँ लगानीकर्ताहरूका लागि उपयुक्त हुने उनले बताएका छन् । नयाँ लगानीकर्ताहरूले म्युचुअल फण्ड भन्दा पनि राम्रा कम्पनीहरूमा नै लगानी गर्नुपर्ने उनकाे विचार छ ।

नेपालका म्युचुअल फण्डहरू विकास नहुनुकाे कारण पहिलाे म्युचुअल फण्ड नै फेल हुनु रहेकाे उनी बताउँछन् । म्युचुअल फण्डहरू विकास नहुनुकाे अर्काे कारण कानुनी प्रावधान पनि रहेकाे उनकाे भनाइ छ । तेश्राे कारण भनेकाे म्युचुअल फण्डहरूकाे प्रतिफल रहेकाे उनले बताएका छन् । म्युचुअल फण्डहरूकाे प्रतिफल एकदमै थाेरै रहेकाे उनी बताउँछन् ।

उनले अहिलेकाे १० कित्ते प्रणालीलाई नै निरन्तरता दिनुपर्ने बताएका छन् । १० कित्ते प्रणालीले गर्दा धेरै लगानीकर्ताहरू भित्रिएका छन्, याे बजार सकारात्मक हुनकाे लागी एकदमै राम्राे रहेकाे उनी बताउँछन् । त्यसैगरी, संस्थापकहरूलाई नछुट्याइकन सबै सेयर सर्वसाधारणहरूका लागि नै निष्कासन हुनुपर्ने उनले बताएका छन् ।

बाणिज्य बैंकमा गरिएको लगानीले सधैं मुनाफाः ठूला लगानीकर्ता नवराज घिमिरेसँगको कुराकानी

नेपालकाे सेयर बजारकाे परिपक्वता बढेकाे उनले बताएका छन् । सेयर बजारले अहिलेकाे ट्रेन्डमा नकारात्मक समाचारहरूलाई पनि पचाएर अघि बढिरहेकाे उनी बताउँछन् ।

अर्यालसँग गरिएको भिडियो कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको