Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा नयाँ स्टक एक्सचेञ्ज ल्याउन एकदमै जरूरी छ  : डा.रेवत बहादुर कार्की

अर्थ संसार टक

शनिबार, १५ जेठ २०७८, ११ : २८ मा प्रकाशित

नेपालमा नयाँ स्टक एक्सचेञ्ज थप्नु वास्तवमै जरूरी रहेको धितोपत्र बोर्डका पुर्व अध्यक्ष डा.रेवत बहादुर कार्कीले बताएका छन् ।

अर्थसंसार डटकमको साप्ताहिक कार्यक्रम अर्थसंसार टकसँगको कुराकानीमा उनले बजारलाई प्रतिस्पर्धी बनाउँदै लैजान नयाँ  स्टक एक्सचेञ्ज थप्नु जरूरी रहेकाे बताएका हुन् । सरकारी स्वामित्वका कारण बजारमा धेरै समस्या भएको उनले बताएका छन् । नेपालमा नयाँ स्टक एक्सचेञ्ज थप्ने तथा बैंकलाई ब्रोकर लाइसेन्स दिने जस्ता धेरै किसिमका समस्याहरूको सुधार गर्नुपर्ने उनले बताएका छन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले सुधार गर्नुपर्ने पक्षहरूमा विशेष जोड दिनुपर्ने उनी बताउँछन् । नियामक निकायले मुख्यतया लगानीकर्ताहरूको हित र बजारको हितमा ध्यान दिनुपर्ने बताएका हुन् । यसका साथ साथै नियामक निकायले आफ्नो क्षमता पनि अभिवृद्धि गर्दै लग्नुपर्ने उनी बताउँछन् ।

स्टकमा अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर नहुनु नै अहिलेको मुख्य समस्या रहेको उनी बताउँछन् । लोकल सफ्टवेयरले गर्दा पटक पटक समस्या भइरहने उनले बताए । धितोपत्र बोर्डले यो सफ्टवेयर ल्याउन नसक्दा बजारमा विकृति फैलिएको उनको तर्क छ । धितोपत्र बोर्डले सुपरभाइजर गर्नुपर्ने धेरै भूमीका रहेको उनी बताउँछन् । फ्रन्टलाइनमा भएको नाताले नेपाल स्टक एक्सचेञ्जले पनि बजारका कतिपय कुराहरूमा अनुगमन गर्नुपर्नेमा सबै धितोपत्र बोर्डलाई नै छोड्दिएको देखिएको उनले बताए । 

धितोपत्र बोर्ड र नेप्सेबीच जुँगाको लडाईँ सतहमा, बोर्डमा पोलिसी बिनाका जागिरे मात्रै भएको आरोप

एउटा धितोपत्र बोर्डको नियमनको हिसाबले र अर्को नेपाल सरकारको नियमनमा पनि बस्नुपर्ने हुँदा नेपाल स्टक एक्सचेञ्जले डबल रोल निभाउनुपर्ने उनले बताएका छन् । एउटा प्राइभेट स्टक एक्सचेञ्ज थपियो भने नेप्से र बोर्डको अहिले भइरहेको समस्या पनि समाधान हुने तथा अन्य समस्याहरू पनि देखा नपर्ने उनी बताउँछन् । नेपाली बजारमा नयाँ नयाँ ज्ञानहरूको पनि कमी भएको उनी बताउँछन् । आफूले अध्ययन नगरी किन सबै दोष नियामक निकायलाई मात्र दिन नहुने उनले बताए । 

कुराकानी कै क्रममा उनले अहिले नै बजेट प्रस्तुत गर्नु राम्रो नभएको उनले बताएका छन् । १० महिनामा ३० प्रतिशत खर्च भएको तथा अन्य खर्चहरू पनि भइरहेको बताउँदै उनले यस्तो अवस्थामा असारसम्म पनि संसद पुनस्थापना भएन भने बल्ल असारको अन्तिममा अध्यादेशबाट बजेट ल्याइएको भए राम्रो हुने उनले बताएका हुन् । अहिलेको बजेट काम चलाउ मात्र भएको उनको धारणा छ । अहिलेको बजेटले स्वास्थ्यका पूर्वाधारहरू तथा प्रविधीमा विशेष प्राथमिकता दिनुपर्ने उनी बताउँछन् । जनताहरूलाई राहत हुने कुराहरूमा जोड दिनुपर्ने उनको तर्क छ ।

अहिलेको बजार तासको घर जस्तो भएको पनि उनले बताए । उनी भन्छन्, "ह्वात बढ्ने ह्वात तल जाने बजार स्थायित्वको लागि राम्रो हैन ।" मारामार गरेर बजार बढाउने चलन भएको उनी बताउँछन् । उनले भने, "राम्रो कम्पनी भएमात्र त्यसले दिने हो, नत्र त त्यसले दिन सक्दैन । हाम्रोमा त रिटर्न नै हेरिँदैन । खाली मूल्य मात्र हेरेर विश्लेषण गरिन्छ ।"

धेरै कारोबार मात्र भएको हेरेर दङ्ग पर्न नहुने उनी बताउँछन् । समिक्षा पनि गर्नुपर्ने उनले बताए । स्थायित्व हिसाबमा हेर्दा आधारतभुत कुराहरू, पूर्वाधार, नियमन क्षमता, नीतिगत स्थिरता जस्ता कुराबाट अगाडि बढाउनुपर्ने उनले बताएका छन् । 

सहाराका सेयरधनीको लगानी ४ बर्षदेखि बन्धक, हकप्रद सेयर किन्नेले बोनस पाएनन्

पहिलेपहिले आईपीओ ६ महिनाभित्र कारोबारमा आउँदा अहिले भने एक हप्तामा कारोबार सुरू हुने बताउँदै उनले सेयर बजारमा ठूलो परिवर्तन पनि भएको बताएका छन् । नियामक निकायहरूले राम्रोसँग सुपरिवेक्षण नगरेका हुनाले डिम्याट खाता खोल्नेको संख्या अधिक रूपमा बढेको उनले बताए । उनले भने, " नियामक निकायहरूले पनि राम्रोसँग हेर्नु जरूरी छ । यो सँगसँगै लगानीकर्ताहरूले पनि अरूले कमायो भनेर बढेको बेलामा किन्ने अनि पछि कर्जामा डुब्ने हुनु हुँदैन ।" भर्खर प्रवेश गर्ने नयाँ लगानीकर्ताहरूले सुरूमा संवेदनशिल भएर सिक्नुपर्ने उनी बताउँछन् । लगानीकर्ताहरू पोर्टफोलियो व्यवस्थापन गर्न सक्षम बन्नुपर्ने उनले बताए ।

यस अगाडि ब्रोकर थप्ने बेलामा जस्तो भएको थियो अहिले नी त्यस्तै अवस्था रहेको बताउँदै उनले बैंकहरूलाई ब्रोकर लाइसेन्स दिए यी समस्या जरैबाट हट्ने बताए । बजारमा बढ्ने क्रमसँगै  ब्रोकरहरूलाई पनि प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने उनले बताए । उनी भन्छन्, "ढिलो चाँडो बैंकहरूलाई ब्रोकर लाइसेन्स दिइन्छ अथवा दिनुपर्छ ।" बैंकहरूलाई ब्रोकर लाइसेन्स दिन रोकिनु पर्ने केही कारण नदेखिएको उनको धारणा छ ।

नेपालका सूचिकृत कम्पनीहरुले लाभांश वितरणको प्रणाली नै परिवर्तन गर्नु जरुरी छ: विश्लेषक अर्याल

कुराकानी गर्ने क्रममा १० कित्ते प्रणालीलाई खारेज गर्नु जरूरी छ की छैन भन्ने कुरा गर्दा उनले यसलाई खारेज गर्ने तथा एकैचोटी ५० कित्ते प्रणालीमा दौडिनु भन्दा पनि १० लाई २० अनि २० लाई ३० गर्दै बढाउनु उचीत हुने उनले बताए । बढाउने हिसाबले मात्र लाग्नु भन्दा पनि सर्वप्रथम आफ्नो अवस्था के छ त्यो नियाल्नु जरूरी हुने उनी बताउँछन् । 

नयाँ लगानीकर्ताहरूलाई टिप्स दिँदै उनी भन्छन्, "सेयर बजारमा लगानी गर्ने भनेको बैंकमा पैसा जम्मा गरेजस्तो मात्र हैन ।" पूँजी बजारमा लगानी गर्नेले पहिला यस बारेमा राम्ररी बुझ्नुपर्ने उनले बताए । नयाँ लगानीकर्ताले जहिले पनि प्राथमिक बजारबाट सुरू गर्नुपर्ने उनले बताएका छन् । थोरैबाट लगानी गर्दै जानुपर्ने उनले बताए । बुझ्दै नबुझी एकैचोटी हामफाल्यो भने पछि गएर डुबिने उनले बताए ।

प्रतिस्पर्धी बढाउँदै लैजाने, लगानीकर्ताको हित गर्ने, नियमनकारी निकायको क्षमता बढाउने, बजारको विकास गर्ने, अवस्था हेरि कर छुट दिने, स्थायी नीति बढाउने जस्ता कुराहरू आजको आवश्यकता रहेको उनले बताएका छन् ।

उनै कार्कीसँग गरिएको कुराकानी तल प्रस्तुत गरिएको छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको