Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

आइतबार, २३ जेठ २०७८, १० : २८ मा प्रकाशित

मल्टीपर्पस फाइनान्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे जेठ ११ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २३औँ वार्षिक साधारण सभा असार ६ गते हुनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि भाेलि (जेठ २४ गते, साेमबार) बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (जेठ २३ गते, आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले साधारण सभाकाे एजेन्डाहरू भने हालसम्म प्रकाशन गरेकाे छैन ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60bc53cdda564.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको