Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको १ लाख ९० हजार ६५० कित्ता संस्थापक सेयर लिलामीमा

अर्थ संसार

सोमबार, २४ जेठ २०७८, ०९ : २६ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको १ लाख ९० हजार ६५० कित्ता संस्थापक सेयर लिलामीमा

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले झन्डै २ लाख कित्ता संस्थापक सेयर आज (सोमबार) बाट लिलामीमा बिक्री खुल्ला गरेको छ । कम्पनीले १ लाख ९० हजार ६५० कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ७५१ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । 

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले आजदेखि असार २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र कम्पनीको लिलामी सेयर खरिदका लागि बोलपत्र फारम बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यलय लाजिम्पाट काठमांडौबाट प्राप्त गर्न सकिने छ । 

लगानीकर्ताली न्यूनतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको