Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तको ३ लाख ९४ हजार कित्ता संस्थापक सेयर लिलामिमा, भाउ कति ?

अर्थ संसार

विहीबार, २७ जेठ २०७८, १५ : ४३ मा प्रकाशित

आरएमडीसी लघुवित्तको ३ लाख ९४ हजार कित्ता संस्थापक सेयर लिलामिमा, भाउ कति ?

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आरएमडीसी लघुवित्तको संस्थापक सेयर बिक्री गर्ने भएको छ । फरवार्डले असार ३ गतेबाट आफ्नो स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख ९४ हजार ६३४.४६ कित्ता संस्थापक सेयर बिक्री खुला गर्न लागेको हो । 

यसमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ८५० रुपैयाँ तोकिएको छ । सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । 

न्यूनतम १००० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । असार १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । यसमा सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको