Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक सेयर लिलाममा, मूल्य कति ?

अर्थ संसार

बुधबार, ३० भदौ २०७८, १० : १० मा प्रकाशित

मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक सेयर लिलाममा, मूल्य कति ?

विभिन्न २ वटा कम्पनीको संस्थापक समूहको सेयर भोलि (भदौ २१ गते, बिहिबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिने भएको छ । 

मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री गरिने भएको हो ।

जसमध्ये, मञ्जुश्री फाइनान्सको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ र ज्योति विकास बैंकको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ तोकिएको छ लगानीकर्ताहरुले दुवै कम्पनीको सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक ४ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालय, लाजिम्पाट, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको