Like us!
Follow us!
Connect us!
Watch us!

जोखिम रहित कुनै पनि व्यवसाय हुदैन,कमाउनलाई केहि जोखिम लिनै पर्छः लगानीकर्ता सानुबाबु पौडेल

लगानीकर्ताको आवाज

सोमबार, २४ जेठ २०७८, १३ : २६ मा प्रकाशित

बिगत ५ बर्षदेखि बिदेशमा बसेर नेपालको पुँजीबजारमा लगानीगर्दै आईरहेका लगानीकर्ता शानुबाबु पौडेलले जोखिम रहित कुनै पनि व्यवसाय नहुने भन्दै उनले अलि अध्ययन गरेर सेयरमा लगानी गर्नसकेमा नोक्सानी नहुने बताउछन् उनि । 

आँफुले अहिले आफ्नोे सबै आम्दानी सेयरमा लगानी गरिरहेको भन्दै सेयर बजारको आम्दानीबाट सन्तुष्ट रहेको बताउछन् उनि । 
अहिले आँफुले ४० प्रतिशत लगानी ट्रेडिङमा ६० प्रतिशत रकम दिर्घकालिन लगानी गरिरहेको बताउदै उनले आफ्नो समय व्यवस्थापन गरेर कम्पनीका बारेमा अध्ययन गरेर लगानी गरिरहेको बताउछन् उनि । 

कुनै पनि कम्पनीका लगानी गर्नु पुर्व आँफुले कम्पनीको प्रतिसेयर आम्दानी र कम्पनीको टेक्निकल र फन्डामेन्टल बिश्लेषण गरेर मात्र लगानी गर्ने गरेको बताउछन् उनि । राम्रो कम्पनीमा लगानी गर्नसकेमा कम्पनीको सेयर मूल्य घटेपनि कम्पनीले वितरण गर्ने प्रतिफलबाट नोक्सानी नहुने बताउछन् उनि । 

बजार कहिले काँहि घटेपनि एक दिन बजार बढ्ने विश्वासका साथ लगानी गर्न सकेमा र होल्ड गर्नसकेमा घाटा व्यहोर्ननपर्ने उनको तर्क छ । 
अहिले देशबाहिर बसेर लगानी गर्दा आँफुहरुले ब्रोकरहरुबाट असाध्यै समस्या व्यहोर्नुपरेको उनको गुनासो छ । सेयर बेचेको पैसा १ हप्ता सम्ममा पनि ब्रोकरहरुले रकम भुत्तानी नगर्ने भन्दै उनले ब्रोकरहरुले फोन म्यासेजको रेस्पोन्स नगर्ने बताउछन् उनि ।


  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको