Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोको नाफा ८८.८४ प्रतिशतले घट्दा प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २५ जेठ २०७८, १३ : ०६ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोको नाफा ८८.८४ प्रतिशतले घट्दा प्रतिसेयर आम्दानी कति ?

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ११ लाख ३३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ८८.८४ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले १ करोड १ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले विद्युत बिक्रीबाट ११ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ७० पैसा र प्रतिसेयर आम्दानी ९ पैसा रहेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको