Like us!
Follow us!
Connect us!
Watch us!

अबदेखि विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकसँग स्वीकृती लिनु नपर्ने

अर्थ संसार

मंगलबार, २५ जेठ २०७८, १४ : ३६ मा प्रकाशित

अबदेखि विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकसँग स्वीकृती लिनु नपर्ने

अब उप्रान्त विदेशी लगानी (एफडिआई) भित्र्याउन राष्ट्र बैंकसँग स्वीकृती लिनु नपर्ने भएकाे छ ।

राष्ट्र बैंकले मंगलबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली,२०७८ जारी गरेकाे छ । बैंकले विदेशी लगानी बापतकाे विदेशी मुद्रा भित्र्याउने स्वीकृति तथा लेखाङ्कन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋण बापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखाङ्कन गर्ने र विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्ने लगायतका विषयहरूलाई व्यवस्थित तथा सहजीकरण गरी विदेशी लगानी आकर्षित गर्न याे विनियमावली जारी गरेकाे हाे ।

राष्ट्र बैंकले याे विनियमावली जारी गरेसँगै अब विदेशी लगानी बापत आउने विदेशी मुद्राका लागि बैंकसँग स्वीकृति लिइरहनु नपर्ने भएको छ । यसका साथै, लगानीको प्रतिफल समेत लगानीकर्ताले सहजै लैजान पाउने विनियमावलीमा उल्लेख छ ।

विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली,२०७८ हेर्नका लागि यहाँ थिच्नुहाेस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको