Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारले चुम्याे नयाँ इतिहास, फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण

नेप्से

मंगलबार, २५ जेठ २०७८, १४ : ५९ मा प्रकाशित

सेयर बजारले चुम्याे नयाँ इतिहास, फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण

आज (मंगलबार) फेरि नेपाली सेयर बजारले अर्काे नयाँ इतिहास कायम गरेकाे छ । यसअघि यही आइतबार सेयर बजार २९०६.९१ विन्दुमा पुगी अलटाइम हाइ रेकर्ड बनाएकाेमा नेप्सेले आज साेही विन्दुलाई ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । मंगलबार सेयर बजार २९६०.१४ विन्दुमा पुगेकाे छ । याे बन्द हुँदाकाे हालसम्म कै उच्च विन्दु हाे । 

नेप्से सूचकका साथसाथै काराेबार रकममा पनि उछाल देखिएकाे छ । सेयर बजारमा सकारात्मक माहाेल देखिँदा लगानीकर्ताहरू पनि आकर्षित छन् । देशभर फैलिरहेकाे काेराेना भाइरसकाे संक्रमण न्यूनिकरण गर्न नेपाल सरकारले निशेधाज्ञा लागू गरेकाे छ । साेही कारण लगानीका अन्य क्षेत्रहरू ठप्प छन् । त्यसैले पनि सेयर बजार लगातार उकालाे लाग्न मद्दत पुगेकाे छ ।

नयाँ रेकर्ड बनेकाे बजारमा फाइनान्स र विकास बैंकहरूमा लगानीकर्ताहरूकाे बढी आकर्षण देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५३.४४ अंकले बढेर २९६०.१४ विन्दुमा पुगेकाे छ । नेप्से १.८४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ७.४७ अंकले बढेर ५२८.१० मा पुगेको छ । 

मंगलबार कूल २१८ वटा कम्पनीकाे ३ कराेड ५७ लाख ३ सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये १० वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे सेयर घटेकाे छ  । 

मंगलबार ७ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अन्य दर्जन भन्दा धेरै कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ ।

मंगलबार सर्वाधिक काराेबार हुने कम्पनीहरूमा क्रमश : नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, रसुवागढी हाइड्राेपावर कम्पनी, युनाइटेड माेदी हाइड्राेपावर, लुम्बिनी विकास बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, गरिमा विकास बैंक लिमिटेड, एनसीसी बैंक, मुक्तीनाथ विकास बैंक, कुमारी बैंक लिमिटेड र नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड रहेका छन् ।

मंगलबार सकारात्मक सर्किट लाग्ने ७ वटा कम्पनीहरूमा क्रमश : मुक्तिनाथ विकास बैंक लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाइनान्स, गाेर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्याेरेन्स र सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।

मंगलबार सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा क्रमश : मेराे माइक्राेफाइनान्स, हिमाल दाेलखा हाइड्राेपावर, सामुदायिक लघुवित्त, मिथीला लघुवित्त, १२% आइसीएफसी डिबेञ्चर २०८३, १०.२५% एनआइसी एशिया डिबेञ्चर २०८४, सिभिल लघुवित्त, निर्धन उत्थान लघुवित्त, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र महिला लघुवित्त रहेका छन् ।

हेराैं आजकाे सेयर तालिका :

60bf3d350a21f.jpg 60bf3d3aaa65c.jpg 60bf3d406f3f8.jpg 60bf3d477702e.jpg 60bf3d4e77055.jpg 60bf3d5636aa0.jpg 60bf3d5cda470.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको