Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति, व्याज कति ?

अर्थ संसार

बुधबार, २६ जेठ २०७८, १४ : ०१ मा प्रकाशित

एनआईसी एशियाले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति, व्याज कति ?

एनआईसी एशिया बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ ।

बैंकले ‘८.५% एनआईसी एशिया डिबेञ्चर २०८७’ काे नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेकाे थियाे । सेबाेनबाट जेठ २० गते अनुमति पाएकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंककाे वितरण योग्य नाफा १ अर्ब २२ करोड ६ लाख रुपैयाँ छ । बैंककाे प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा रहेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ९ सय २ रूपैयाँ रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको