Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको लिलामी सेयर भर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, २७ जेठ २०७८, ११ : १५ मा प्रकाशित

नागरिक लगानी कोषको लिलामी सेयर भर्ने आज अन्तिम मौका

एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेको नागरिक लगानी कोषकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (जेठ २७ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

 बैंकले काेषकाे ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक समूहकाे सेयरहरू जेठ २ गते, आइतबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । उक्त सेयरकाे न्युनतम मूल्य एक हजार ३ सय ६६ रूपैयाँ ताेकिएकाे छ । 

लगानीकर्ताले आज (जेठ २७ गते, बिहीबार) सम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं, एनआईसी एशिया बैंक लिमिटेडकाे कर्पाेरेट कार्यलय, थापाथली, काठमाडाैँ वा शाखा कार्यलयहरू  विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको