Like us!
Follow us!
Connect us!
Watch us!

भोलिसम्म सम्झौता नभए इरानलाई पूर्णरुपमा सिध्याउने ट्रम्पको चेतावनी

अर्थ संसार

मंगलबार, २४ चैत्र २०८२, १० : ४२ मा प्रकाशित

भोलिसम्म सम्झौता नभए इरानलाई पूर्णरुपमा सिध्याउने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई भोलिसम्म सम्झौता नगरे 'पूरै देश नै समाप्त पारिदिने' कडा चेतावनी दिएका छन्। सीएनएनका अनुसार एक पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले इरानमाथि सैन्य कारबाहीको सम्भावनालाई जोड दिँदै त्यहाँका सम्पूर्ण पुल, ऊर्जा संरचना र भौतिक पूर्वाधारहरू ध्वस्त पार्न सकिने धम्की दिएका हुन्।

उनले अमेरिका जुनसुकै विकल्प प्रयोग गर्न तयार रहेको र निर्धारित समयभित्र सम्झौता नभए परिणाम अत्यन्त गम्भीर हुने बताएका छन्। ट्रम्पको यो आक्रामक अभिव्यक्तिबारे इरानले भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको