Like us!
Follow us!
Connect us!
Watch us!

सीईडिबी हाइड्रोका संस्थापक र कर्मचारीले ३ वर्षसम्म सेयर बिक्री गर्न नपाउने

अर्थ संसार

शुक्रबार, २८ जेठ २०७८, १३ : २८ मा प्रकाशित

सीईडिबी हाइड्रोका संस्थापक र कर्मचारीले ३ वर्षसम्म सेयर बिक्री गर्न नपाउने

सीईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका संस्थापक र कर्मचारीले आगामी तीन वर्षसम्म सेयर बिक्री गर्न नपाउने भएका छन् ।

कम्पनीले नेपाल धिताेपत्र बाेर्डकाे निर्देशिका धिताेपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ काे परिच्छेद ९ दफा ३८ उपदफा १ बमाेजिम विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएकाे धिताेपत्र बाहेक अन्य समूहकाे धिताेपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेकाे सेयर बाँडफाँड भएकाे मितिले तीन वर्षकाे अवधि पूरा नभइ बिक्री गर्न नपाइने एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।

कम्पनीले गत वैशाख ३१ गते  आईपीओ बाँडफाँड गरेको थियो  । सोही आधारमा कर्मचारी र संस्थापक समूहको सेयर २०८१ साल वैशाख ३० गतेसम्म लकिङ रहनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c316f14debb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको