Like us!
Follow us!
Connect us!
Watch us!

'ब्रोकरहरु समस्या समाधान गर्न रातदिन खटिरहेका छन्'- अध्यक्ष मैनाली

अर्थ संसार

शनिबार, २९ जेठ २०७८, १२ : ३२ मा प्रकाशित

'ब्रोकरहरु समस्या समाधान गर्न रातदिन खटिरहेका छन्'- अध्यक्ष मैनाली

नेपाल स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष सन्तोष मैनालीले सेयर कारोबार गर्न राख्नु पर्ने धितोमा प्राविधिक समस्या देखिएको बताएका छन् । उनले केही लगानीकर्ताहरूको आज राखेको धितो भोलिपल्ट सिस्टममा आफैँ हराउने बताएका छन् । ब्रोकरकोमा आएको पैसा कतै हराउला भनेर लगानीकर्ता डराउनु भने नपर्ने उनी बताउँछन् ।

त्यसैगरी अहिले लगानीकर्ताहरुको ब्रोकरहरूको फोन उठेन भन्ने गुनासो आईरहेको बिषयमा उनले धितोपत्र बोर्डले अहिले ३ जना कर्मचारीमात्र राख्न निर्देशन दिएको हुनाले अहिले सिस्टम हेर्ने कर्मचारीलाई मात्र कार्यालय पठाइएको हुँदा फोन नउठेको हुनसक्ने उनी बताउँछन् । ब्रोकरहरूले लगानीकर्ताहरूसँग सम्पर्कमा आउन सजिलो होस् भनेर आफ्ना हरेक कर्मचारीहरूको मोबाइल नम्बरसहितका विभिन्न सूचनाहरू बनाएर फेसबुक र वेवसाइटमा राखेको उनले जानकारी दिए ।

दोश्रो बजारमा कारोबार बढ्दै गएसँगै कर्मचारी संख्या पनि दोब्बर बनाउँदै लगिएको उनी बताउँछन् । औषतमा एउटा ब्रोकरकोमा ६ हजार कारोबार हुने बताउँदै उनले ती सबै लगानीकर्ताहरूले किनेको सेयर पठाउने र बेचेकाहरूलाई पैसा पठाउने गर्दा जति कर्मचारी भए पनि नपुग्ने अबस्था आएको उनको भनाइ छ । अहिलेको अबस्थामा समस्या समाधान गर्न कर्मचारीहरू १० गुणा बढाउनु पर्ने उनले बताए । 

दीर्घकालिन रुपमा समस्या समाधानका लागि सिस्टमहरूको पनि सुधार गरिँदै लगिएको अध्यक्ष मैनालीको भनाइ छ । अहिले राफसाफका धेरै कामहरु म्यानुअल्ली नै हुँदै आईरहेको छ । यदि यसलाई सबै सिस्टममा लान सकिए मात्र पनि धेरै कुरा समाधान हुने उनी बताउँछन् । यी समस्याहरुको समाधान प्रविधिकै निर्माणबाट मात्र हुने भएकाले प्रविधि निर्माण गरेर त्यसको परिक्षण भइरहेको उनले बताए । यो प्रविधि ३-४ वटा ब्रोकरकोमा टेष्ट भइरहेको उनले जानकारी दिए ।"यो टेष्ट ९५ प्रतिशत सफल भइसकेको छ" उनले भने ।  

त्यसैगरी, लगानीकर्ताहरूको पैसा पठाउँदा आउने समस्यालाई सम्बोधन गर्न आफूहरूले कनेक्ट आइपीएस प्रयोग गर्ने बताउँदै यसमा २ बजेसम्म पठाएको पैसा मात्र जाने अबस्था रहेको जानकारी दिए । २ बजेभित्र पठाउन पनि प्रविधिमा धेरै समस्या रहेको उनी बताउँछन् । उनले भने,"लगानीकर्ताहरूको टिएमएसमा समस्या आउनु भनेको ब्रोकरहरू पनि रोकिनु हो । सामाजिक सञ्जालमा गुनासो आएजस्तो ब्रोकरले केही गर्दै नगरेका भने होइन ।" ब्रोकरहरू दिनरात समस्या समाधान गर्न लागिरहेको अध्यक्ष मैनालीको दावी छ ।  "हाम्रा कर्मचारीहरू बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म खटिएका हुन्छन्" उनले भने "कर्मचारीको संख्या पनि व्यापक रूपमा बढाइएको छ । हाल एउटै ब्रोकर कार्यालयमा ५५ जनासम्म कर्मचारी पुगिसकेका छन् ' ।

यति छिट्टै बजारमा लगानीकर्ताहरुको संख्या यसरी ह्वात्तै बढ्छ भनेर आफूहरुले अनुमान नगरेको  कारण पूर्व तयारी गर्न नसकेको बताउँछन् मैनाली । कतिपय प्रणाली अध्यावधिकका लागि बाहिरबाट मगाएका सामानहरु नेपालमा आउने अवस्था नरहेको उनको भनाइ छ । नियामक निकायबाट स्विकृति मागिएको बताउँदै उनले स्विकृती प्राप्त भए ब्रोकरहरुकै टिएमएसबाट कारोबार सञ्चालन गर्ने आफूहरुको तयारी रहेको उनले जानकारी दिए ।"यो सञ्चालनमा आए अहिलेको धेरै समास्याहरु समाधान भएर जान्छ" उनले भने । 

लगानीकर्ताले खरिद गरेको सेयरको रकम समयमा भुक्तानी नगर्दा ब्रोकरहरूले लिने पेनाल्टी एकोहोरो नभएर दोहोरो हुने बताउँछन् मैनाली । उनले कुनै ब्रोकरले ढिलो भुक्तानी गरेको छ भने लगानीकर्ताहरुले पनि प्रक्रियामा गएर ब्रोकरहरुसँग पेनाल्टी लिनसक्ने उनको भनाइ छ । यो लगानीकर्ताको अधिकार रहेको उनले बताए । माग गर्दा पनि दिएन भने सम्बन्धित निकायहरूमा सम्पर्क गर्न तथा आफ्ना गुनासोहरू राख्न उनले सबै लगानीकर्ताहरूलाई आग्रह गरे ।

अहिले बजारमा हल्ला चलाइएजस्तो ब्रोकरहरुले पेनाल्टी नलिएको भन्दै उनले बढिमा १२ प्रतिशतसम्म रकम पेनाल्टीका रुपमा ब्रोकहरुले लिनसक्ने उनको तर्क छ । लगानीकर्ताहरुले सयममा इडिआइएस ट्रान्सफर नगर्दा लिईने क्लोजआउट पेनाल्टी ब्रोकहरुले खाने नभई जुन लगानीकर्ताले सेयर किनेको हो, उसले सेयर नपाएबापत हर्जना पाउने भएकाले भ्रममा नपर्न लगानीकर्ताहरुलाई आग्रह गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको