Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोमा लगानीकर्ताको आकर्षण : ११ कम्पनीको कारोबार सर्किट लेभलमा

अर्थ संसार

आइतबार, ३० जेठ २०७८, १२ : ५३ मा प्रकाशित

हाइड्रोमा लगानीकर्ताको आकर्षण : ११ कम्पनीको कारोबार सर्किट लेभलमा

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाइड्राेपावर कम्पनीहरूमा लगानीकर्ताकाे आकर्षण देखिएकाे छ । अहिले नेप्सेमा ११ वटा कम्पनीकाे सकारात्मक सर्किट लेभलमा काराेबार भइरहेकाे छ । सर्किट लेभलमा काराेबार भइरहेका कम्पनीहरूमध्ये अधिकांश हाइड्राेपावर कम्पनी नै छन् । 

आइतबार घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेड, सिइडिबी हाइड्राेपावर कम्पनी लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, साेल्टी हाेटल लिमिटेड, मा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड, तारागाँउ रिजेन्सी, जाेशी हाइड्राेपावर, ङादी ग्रुप पावर र ओरियन्टल हाेटलकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भइरहेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २२.६६ अंकले बढेर २९६७.४४ विन्दुमा पुगेकाे छ ।

60c5b0f0d2bc9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको