Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबी हाइड्रोपावर : बेच्ने छैनन् किन्नेको भीड

अर्थ संसार

आइतबार, ३० जेठ २०७८, १३ : २८ मा प्रकाशित

सिईडिबी हाइड्रोपावर : बेच्ने छैनन् किन्नेको भीड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य बढ्ने क्रम राेकिएकाे छैन । गत बुधबार र बिहीबार बढेकाे कम्पनीकाे सेयरमूल्य आइतबार पनि सकारात्मक सर्किट लेभलमा काराेबार भइरहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९६ प्रतिशतले बढेर ५ सय ५२ रूपैयाँ पुगेकाे छ ।

यस समाचार तयार पार्दासम्म (१ बजेर १९ मिनेट जाँदा) कम्पनीकाे सेयर किन्न ४ लाख १० हजार ४ सय २ जना लगानीकर्ताले खरिद आदेश गर्दा बेच्नेको संख्या भने शून्य छ ।

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जेठ २६ गते, बुधबार सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको थियाे ।कम्पनीकाे काराेबार अधिकतम रेञ्जबाट सुरू भएकाे थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे । गत मंगलबार कम्पनीकाे ८३ लाख ९४ हजार एक सय कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । 

कम्पनीले वैशाख १७ गते, शुक्रबारदेखि वैशाख २१ गते, मंगलबारसम्म १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियाे । 

60c5b86279edd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको