Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो स्थगित साधारण सभा, अब कहिले ?

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, ०८ : २८ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो स्थगित साधारण सभा, अब कहिले ?

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले यसअघि स्थगित भएकाे साधारण सभा फेरि आह्वान गरेकाे छ ।  

अब उक्त सभा असार ६ गते, आइतबार हाेटल इच्छा प्राइभेट लिमिटेड सिमरा, बारामा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

यसअघि जेठ २ गते आइतबारका लागि तय भएको कम्पनीको उन्नाइसौं वार्षिक साधारण सभा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं लगायत अन्य स्थानमा गरिएको निषेधाज्ञा जारी भएको कारण उक्त सभा स्थगित गरिएको थियाे ।

सभामा कम्पनीले हाल कायम चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र त्यस प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, कम्पनीले सभामा प्रस्तावित बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजीमा संस्थापक शेयरधनीहरुको स्वामित्व ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने प्रस्ताव पारित गर्दैछ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c6c4ce6f52e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको