Like us!
Follow us!
Connect us!
Watch us!

खानी खोला हाइड्रोपावरको दोस्रोबजार कारोबार फुकुवा

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, १० : २५ मा प्रकाशित

खानी खोला हाइड्रोपावरको दोस्रोबजार कारोबार फुकुवा

नेपाल स्टक एक्सचेन्जले हिजो जेठ ३० गतको र्निणय अनुसार खानी खोला हाइड्रोपावर लाई सचेत गराउदै आजबाट दोस्रो बजारमा बारोबार गर्न पाउने गरि कारोबार फुकुवा गरेको बिज्ञप्ति मार्फत जनाएको छ  ।                                                                            

कम्पनीले वित्तीय विवरणहरू सार्वजनिक नगरेको भन्ने पत्र प्राप्त भएको हुनाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) (क) मा भएको व्यवस्था बमोजिम वित्तीय विवरणहरू पेश गरेको नपाइएको हुनाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (घ) मा भएको व्यवस्था बमोजिम जेठ २० गते, बिहीबार बाट दोस्रो बजार कारोबार रोक्का गरिएको थियो । 

कम्पनीले जेठ २६ गते लगानीकर्ता र सरोकारवालाहरुले अध्ययन गर्न मिल्ने गरि वित्तिय विवरणहरु अपलोड गरी रोक्का कारोबार फुकुवाका लागि निवेदन दिएको हुँदा अब आगामी दिनमा समयमै अपलोड गर्न सचेत गराउदै धितोपत्र विनियमावली २०७५ को विनियम १६(४) को व्यबस्था बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । 

60c6dee3ab4ee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको