Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्न सानिमा लाईफले दियाे बोर्डमा निवेदन

अर्थ संसार

मंगलबार, ०१ असार २०७८, १० : ११ मा प्रकाशित

आईपीओ निष्कासन गर्न सानिमा लाईफले दियाे बोर्डमा निवेदन

साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँदरमा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न जेठ ९ गते आइतबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीकाे जेठ २३ गते, आइतबार सम्पन्न भएकाे तेस्रो वार्षिक साधारण सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएकाे थियाे ।

कम्पनीकाे आईपीओ केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेकाे छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ११.७५ प्रतिशतले बढेर ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ पुगेको छ । जीवन बीमा कोष रकम पनि बढेर १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म कम्पनीले १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । हाल चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६३ लाख २१ हजार रुपैयाँ रहेको छ । 

60c82dcec60ec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको