Like us!
Follow us!
Connect us!
Watch us!

किन्ने होइन ? एनआईसी एशियाको चिया भन्दा सस्तो 'एनआईसी एशिया सेलेक्ट ३०' बजारमा आउँदै !

अर्थ संसार

मंगलबार, ०१ असार २०७८, १० : ३७ मा प्रकाशित

किन्ने होइन ? एनआईसी एशियाको चिया भन्दा सस्तो 'एनआईसी एशिया सेलेक्ट ३०' बजारमा आउँदै !

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी 'एनआईसी एशिया सेलेक्ट-३० (इण्डेक्स फण्ड)' असार १० गतेदेखि बजारमा आउने भएकाे छ । याे सात वर्ष अवधिकाे  म्युचुअल फण्ड हाे ।

'एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएकाे छ ।

असार १० गतेबाट निष्कासन हुने याे फण्डमा लगानीकर्ताले छिटोमा असार १४ गतेसम्म र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, यसमा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

म्युचुअल फण्डबारे अन्य जानकारी यस प्रकारकाे छ :

60c834e4a5fac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको