Like us!
Follow us!
Connect us!
Watch us!

मिडास स्टकलाई कारबाहीको माग गर्दै सेबोनमा निवेदन, समयमा सेयर र रकम नपठाएको आरोप

अर्थ संसार

बुधबार, ०२ असार २०७८, १० : ५२ मा प्रकाशित

मिडास स्टकलाई कारबाहीको माग गर्दै सेबोनमा निवेदन, समयमा सेयर र रकम नपठाएको आरोप

लगानीकर्ता सतिस खनालले ब्रोकर नं २१ख (मिडास स्टक ब्रोकिङ) कारबाही गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन् । उनले कम्पनीको दर्ता खारेजीसम्मको माग गर्दै सेयर बजारको नियामक निकाय बोर्डमा निवेदन दिएका छन् । 

खनालले निवेदनमा मिडासले लामो समयदेखि लगानीकर्ताहरुलाई बोर्डको ऐन नियमविपरित दुःख दिईरहेको र जालझेल गरिरहेको अवगत गराउँदै हजारौँ लगानीकर्ताहरुको रकममा खेलवाड र ठगि गरिरहेको आरोप लगाएका छन् ।

उनले मिडासले लगानीकर्ताहरुलाई बेचेको सेयरको भुक्तानी गर्न महिनौ दिन लगाउने गरेको आरोप लागाएका छन् । उनले किनेको सेयर पनि समयमौ लगानीकर्ताको खातामा नपठाएको भन्दै उनले ब्रोकरले बोर्डको बिद्यमान ऐन कानुनकै धज्जी उडाएको बताएका छन् ।

उनले मिडासलाई निषेधाज्ञाको अवधिमा लगानीकर्ताहरुबाट सम्पर्क विहिन भएको आरोपसमेत लगाएका छन् । उनले ब्रोकरले वेबसाईटमा आफ्नो आधिकारीक मोबाइल नम्बर पनि अध्यावधिक नगराएको बताएका छन् । 

मिडासले आम लगानीकर्ताहरुलाई हदै दुःख दिएको भन्दै उनले निवेदनमा उक्त कम्पनीको दर्ता खारेजीसम्मको समेत माग गरेका छन् । यसो गर्दा अन्य ब्रोकर कम्पनीहरु पनि सचेत भएर सेवा प्रवाह गर्न सक्ने उनको तर्क छ । उनले निवेदनमा मिडास स्टक ब्रोकिङ, नेपाल धितोपत्र बोर्ड, सम्पूर्ण लगानीकर्ता संघहरु, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिष्टारको कार्यालय, आन्तरिक राजस्व कार्यलय, अपराध अनुसन्धान विभाग, प्रहरी प्रधान कार्यलय र अर्थ मन्त्रालयलाई पनि बोधार्थ दिएका छन् ।
 

60c98892ecc0a.jpg 60c9889306a95.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको