आज बुधबार नेपालको सेयर बजाको मापक नेप्से परिसूचकमा भारि गिरावट आएको छ । नेप्से परिसुचक ५२.३९ अंकले घटेर २९६९.७२ को बिन्दुमा पुगेको हो ।
हिजो बुधबार नेपालको सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले विभिन्न ५१ कम्पनीहरुको वित्तिय अवस्था र तिन बर्षको सेयर मूल्य सहित लगानीका लागि जोखिमपुर्ण रहेको आशयको बिज्ञप्ती निकाले पछि आज लगानीकर्ताहरु आत्तिएर जति मूल्यमा पनि सेयर बेचेको लगानीकर्ताहरु बताउछन् ।
आज नेप्से परिसुचक भारी अंकले घट्दा १३३ वटा कम्पनीको सेयर मूल्य घटेको, १ कम्पनीको मूल्य स्थिर रहेको र ४९ वटा कम्पनीको सेयर मूल्यमा बृद्धि भएको नेप्सेले जनाएको छ ।
बोर्डको बिज्ञप्तीले अन्य क्षेत्रका लागानीकर्ताहरुको बेहाल हुँदा माइक्रोफाइनान्स उपसमूहका लगानीकर्ताहरु भने मालामाल भएका छन् । आज नेस्सेका विभिन्न १३ वटा उपसमूहहरु मध्य १२ उपसमूहको सबइन्डेक्स घट्दा माइक्रोफाइनान्स उपसमूहको सबइन्डेक्स भने १३९.४२ अंकले बृद्धि भएको छ । समग्र नेप्से इन्डेक्स १.७३ प्रतिशतले घट्दा यो उपसमूहको सबइन्डेक्समा भने २.६२ प्रतिशतले बृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले गत जेठ ११ गते बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाई गर्ने नियम बनाएको थियो । बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई एकिकृत निर्देशन जारि गर्दै सेयर लगानी सम्बन्धमा थप व्यवस्था लागू गरेको थियो ।
उक्त व्यवस्था अनुसार बैंक तथा वित्तिय संस्थाहरुले विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक बैंक तथा वित्तीय संस्थाले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाउने व्यवस्था गरेको थियो ।
जेठ ११ गते ५६२६ को बिन्दुमा रहेको यो उपसमूहको सबइन्डेक्स राष्ट्र बैंकको नयाँ व्यबस्थासंगै ओरालो लागेको थियो । हिजो मंगलबार सम्ममा यो उपसमूहको सब इन्डेक्स ५३११ को बिन्दुमा पुगेको थियो । यो बिचमा यो समूहको सबइन्डेक्स करिब ३०० भन्दा बढि अंकले घटेको देखिन्छ ।
आज भने यो उपसमूहमा चमक फर्किएको देखिन्छ । आजको कारोबारमा जम्मा ४९ वटा कम्पनीको मात्र सेयर मूल्य बृद्धि भएको छ जसमध्यमा ४२ वटा कम्पनी माइक्राफाइनान्स समूहका कम्पनी रहेको नेप्सेले जनाएको छ । यो समूहमा जम्मा ४३ कम्पनीको आज कारोबार भएकोमा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनी गुँरास लघुवित्त कम्पनीकोमात्र सेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ ।
आज यो उपसमूहको सेयर मूल्य बृद्धि हुनुपर्ने त्यस्तो बिषेश कारण त केहि देखिदैन तर पनि केहि दिनदेखि अन्य उपसमूहको सेयर मूल्य बढेको र यो उपसमूहका कम्पनीहरुको सेयर मूल्य पनि बृद्धि नभएको र बोर्डले कर्नरिङ हुनसक्ने फाइनान्स र हाइडोपावर उपसमूहका अधिकांश कम्पनीहरुमा लगानीगर्नु जोखिम भनि बिज्ञप्ती नै प्रकाशित गरिसकेको अवस्थामा केहि चलखेल गर्ने लगानीकर्ताहरुको समूह यो उपसमूह तर्फ सोझियको पनि हुन सक्ने तर्क गर्छन् पुराना लगानीकर्ता डमरु बल्लभ घिमिरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस