Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफको बीमालेखमा व्याज छुट

अर्थ संसार

विहीबार, ०३ असार २०७८, १२ : २१ मा प्रकाशित

सूर्या लाइफको बीमालेखमा व्याज छुट

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे व्यतित बीमालेखमा व्याज छुट दिने भएको छ ।

कम्पनीले कोरोना महामारीको असहज परिस्थितिलाई ध्यानमा राखी आफ्ना बीमितहरूका लागि असार ३ गतेदेखि असार १५ गतेसम्म व्याज छुट दिन लागेकाे हो ।

तिर्नुपर्ने मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत, तिर्नुपर्ने मितिले २ वर्षदेखि ३ वर्षभित्र व्यतित भएको बीमालेखको हकमा ४५ प्रतिशत र तिर्नुपर्ने मितिले ३ वर्षभन्दा बढी व्यतित भएको बीमालेखको हकमा ३५ प्रतिशत व्याज छुट दिने भएकाे सूचनामा उल्लेख छ ।

कम्पनीले कनेक्ट आइपीएस, खल्ती, इसेवा, प्रभु पे, फोन पे, सेल पे, आइएमई पे लगायतका विद्युतिय भुक्तानीका माध्यमबाट पनि नवीकरण शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

60caef6a74cd1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको