Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

शुक्रबार, ०४ असार २०७८, १० : २८ मा प्रकाशित

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले तेर्हाैँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असार १ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार २५ गते, शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय बैंककाे प्रधान कार्यालय, वीरगञ्ज, पर्सामा बिहान ७:३५ बजेबाट सुरू हुनेछ । 

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्ने गाभिने निर्णय गर्ने तथा त्यस सम्बन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने, कार्य क्षेत्र संशोधन गर्ने, र प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियामक निकायबाट संशोधनको लागि थप निर्देशन आएमा सोही अनुसार गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने सभाकाे विशेष प्रस्ताव गरेको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60cc25d3b452d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको