Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकले के.सी.एल. अस्ट्यूट क्यापिटलको सेयर खरिद गर्ने

अर्थ संसार

शुक्रबार, ०४ असार २०७८, १७ : ४१ मा प्रकाशित

गरिमा विकास बैंकले के.सी.एल. अस्ट्यूट क्यापिटलको सेयर खरिद गर्ने

गरिमा विकास बैंक लिमिटेड र के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडबिच सेयर स्वामित्व खरिद गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको तर्फबाट सो कम्पनीका अध्यक्ष दिपक पाण्डेयले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडमा गरिमा विकास बैंक लिमिटेडको ५१.२० प्रतिशत सेयर स्वामित्व कायम भई के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अगाडि बढाइनेछ ।

यसका साथै, गरिमा विकास बैंक लिमिटेडले सेयर लगानी गरे पश्चात के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गरिनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको