Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको लिलामी सेयर खुल्याे, कति दिने आवेदन ?

अर्थ संसार

आइतबार, ०६ असार २०७८, ११ : ०३ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको लिलामी सेयर खुल्याे, कति दिने आवेदन ?

नबिल बैंक लिमिटेडकाे स्वामित्वमा रहेकाे स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर आज (असार ६ गते, आइतबार) बाट लिलाम बढाबढ गरि बिक्री खुल्ला गरिएकाे छ । संस्थाकाे १ लाख ९० हजार ६ सय ५३ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले आज (असार ६ गते, आइतबार) देखि असार १५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

संस्थाको सेयर बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गरेकाे छ । लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचाैर, नक्साल, काठमाडाैँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारकाे छ :

60cecf9425f0c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको