Like us!
Follow us!
Connect us!
Watch us!

बाेर्डका अध्यक्ष ढुंगानाविरुद्ध भ्रष्टाचारकाे उजुरी

अर्थ संसार

आइतबार, ०६ असार २०७८, २२ : १२ मा प्रकाशित

बाेर्डका अध्यक्ष ढुंगानाविरुद्ध भ्रष्टाचारकाे उजुरी

नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाविरुद्ध भ्रष्टाचारकाे उजुरी परेकाे छ । ढुंगानाले १ अर्ब ३८ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अुनसन्धान आयोगमा उजुरी परेको हाे । उक्त उजुरी नम्बर सी-०३५०७४र२०७८–३–२ रहेको छ । छानबिनकाे माग गर्दै  अुनसन्धान आयोगमा निवेदन पेश गरिएकाे हाे ।

बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो ।

साेही कारण उनकाविरूद्ध उजुरी परेकाे हाे । अुनसन्धान आयोगमा परेकाे उजुरीमा उनले ५१ वटा नाम सार्वजनिक गर्दा सेयरका ठूला खेलाडीबाट ३५ करोड, बैंकका भगीनी संस्थाहरूलाई ब्रोकर लाइसेन्स रोक्न ५० वटा ब्रोकरमा प्रत्येक ब्रोकरबाट २ करोडका दरले १ अर्ब र केही समयअघि अजोड इन्स्योरेन्समा भित्री कारोबार भएको समयमा कम्पनीका अध्यक्षसँग ३ करोड घुस लिएको उल्लेख गरिएकाे छ ।

नेपाल धितोपत्र बोर्डले असार १ गते सोमबार जोखिमयुक्त कम्पनी भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेको र अनुसन्धानका नाममा लगानीकर्ता तर्साएर ठुला खेलाडीहरुलाई पोस्ने बदनियतका साथ ढुंगानाले ठुला खेलाडीबाट ३५ करोड रुपैयाँ उठाएको उजुरीपत्रमा उल्लेख छ । उक्त रकम अध्यक्ष ढुंगानाले आफ्ना ससुराली खलकका आफन्तका नाममा र केही रकम साथीभाइका नाममा सेयर नै उठाएर कालोधनलाई सेतो बनाउने प्रयास गरेको पनि त्यहाँ उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको