Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र भर्ने म्याद थप

अर्थ संसार

बुधबार, ०९ असार २०७८, ११ : २३ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र भर्ने म्याद थप

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले असार ६ गते, आइतबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा  आवेदन दिने म्याद थपिएकाे छ । यसअघि आज (असार ९ गते, बुधबार) सम्म आवेदन दिन सकिने भनिएकोमा अब म्याद थप गरेर असार २० गतेसम्म पुर्याइएकाे छ । छिटाे अवधिमा आवेदन नपरेकाे हुनाले ढिला अवधिसम्म म्याद थप गरिएकाे हाे ।

बैंकले प्रतिइकाई एक हजार रुपैयाँको दरमा १० वर्ष अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नाममा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेकाे हो । जसमध्ये ४ लाख ५० हजार कित्ता बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ३ लाख कित्ता (मध्ये ५५ इकाई ऋणपत्र सामूहिक लगानी कोषका लागि समेत बाँडफाँड गरिएको समेत) सर्वसाधारणका लागि बिक्री गरिने छ । 

लगानीकर्ताले उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्  ।

बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी आइ आर डबल बि पल्स १’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम मानिन्छन् ।

यस ऋणपत्रकाे निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबीएल एस क्यापिटलले गरेकाे छ ।  उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60d2cbf8e3cf9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको