असार ६ बाट बिक्रि खुल्ला गरेको एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ ।
असार ६ गतेबाट बिक्रि खुल्ला गरेको ऋणपत्रमा छिटोमा असार ९ गते र ढिलोमा असार २० गते बैंकिङ समयसम्म बिक्रीमा रहने भनिएको थियो । असार ९ गतेसम्म मागबमोजिम आवेदन नपरेका कारण यो ऋणपत्रमा अब असार २० गतेसम्म आवेदन दिन सकिनेछ।
बैंकले ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । यस ऋणपत्रको व्याज वार्षिक रुपमा भुक्तानी गरिनेछ ।
बैंकको उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको वितरण योग्य नाफा १ अर्ब २२ करोड ६ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा रहेको छ ।
ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
एनआईसी एशिया बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट जेठ २० गते अनुमति पाएको थियो । ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस