Like us!
Follow us!
Connect us!
Watch us!

ठग भारतीय व्यापारीबाट जफत गरिएको सम्पत्ति फिर्ता

अर्थ संसार

विहीबार, १० असार २०७८, ११ : २० मा प्रकाशित

ठग भारतीय व्यापारीबाट जफत गरिएको सम्पत्ति फिर्ता

भारतले ठगी गरी भागेका भारतीय कारोबारीहरुबाट जफत गरिएको सम्पत्ति बैंकहरुलाई फिर्ता गरेकाे छ । विजय माल्या, निरब मोदी र मेहुल चोकसीको ठगीबाट जफत गरिएको सम्पत्ति बैंकहरुलाई फिर्ता गरिएकाे हाे । 

डायरेक्टोरेट अफ इन्फोर्समेन्ट (इर्डी) ले ती ३ व्यक्तीकाे ठगीबाट नोक्सान व्यहोरेका सार्वजनिक क्षेत्रका बैंकहरुलाई कुल ९३ अर्ब ७१ करोड १७ लाख भारतीय रुपैयाँ बराबरको सम्पत्ति सरकारी बैंकमा दाखिला गरेको हो । इर्डीले साे रकम ‘पन्जाब एन्ड सिन्द बैंक’ र केन्द्र सरकारलाई ट्रान्सफर गरेको हाे ।

यी तीन जनाबाट कुल १ खर्ब ८१ अर्ब ७० करोड २ लाख भारतीय रुपैयाँ जफत भएको छ । जफत भएको उक्त सम्पति बैंकहरुलाई भएको नोक्सानको ८०.४५% रहेकाे इर्डीकाे प्रतिवेदनमा उल्लेख छ । विजय माल्या, निरब मोदी र मेहुल चोकसीले भारतीय सरकारी बैंकलाई २ खर्ब २५ अर्ब ८५ करोड रुपैयाँ भन्दा बढी नोक्सान गराएका थिए । 

हाल निरब मोदी बेलायतमा कैदी जीवन बिताइरहेका छन् । मेहुल चोकसी डोमिनिको एक कारागारमा बन्द छन् । यता विजय माल्या भने जमानतमा बाहिरिएका छन् । उनीमाथि बेलायतमा अदालती कारवाही जारी रहेकाे छ । भारत सरकारले फरार रहेका तिनै जना कारोबारीलाई भारत फिर्ता ल्याउने प्रयास गरिरहेको छ ।

उनीहरुको धोखाधडीका कारण भएको नोक्सानी भरपाई हुने इर्डीले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको