Like us!
Follow us!
Connect us!
Watch us!

चौरजहारी अस्पताललाई इपानको सहयोग

अर्थ संसार

शनिबार, १२ असार २०७८, १९ : ०५ मा प्रकाशित

चौरजहारी अस्पताललाई इपानको सहयोग

स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था इपानले रुकुम पश्चिमस्थित चौरजहारी अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

कोभिड - १९ महामारीको नियन्त्रणमा सहयोगार्थ स्थापना गरिएको संस्था इपानले अस्पतालाई अक्सिजन सिलिण्डर, अक्सिमिटर, अक्सिजन कन्सन्ट्रेटर, पिपिइ लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको इपानका कर्णाली प्रदेश संयोजक दिपक पौड्यालले जानकारी दिनुभयो ।

उक्त सामग्री चौरजहारी अस्पतालका कार्यकारी निर्देशक कपिल शर्मालाई हस्तान्तरण गरिएको हो । सो सहयोगले जाजरकोट, सल्यान, डोल्पा, रुकुमका जनताको जीवन रक्षाका लागि सहयोग पुग्ने अपेक्षा गरिएको इपानका प्रदेश संयोजक पौड्यालले बताउनुभयो ।

IPO निकालेको Singati Hydroका कार्यकारी संचालकलाई प्रश्न: किन बढ्यो परियोजनाको लागत? लाभाश कहिले ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको