Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर आजदेखि लिलामीमा, मूल्य कति ?

अर्थ संसार

आइतबार, १३ असार २०७८, ०९ : २६ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर आजदेखि लिलामीमा, मूल्य कति ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर आज (आइतबार) देखि लिलामीमा बिक्री खुल्ला भएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन्।

लगानीकर्ताले उक्त सेयरमा आज (असर १३ गते) देखि साउन १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयरको न्यूनतम मूल्य ३ सय ४५ तोकिएको छ । त्यसैले, लगानीकर्तालेसो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

लगानीकर्ताले उक्त सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  कम्पनीको सेयर विक्री बिओके क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको