Like us!
Follow us!
Connect us!
Watch us!

बलियो सानिमा बैंक लाभांश वितरणमा किन कमजोर ?

अर्थ संसार

आइतबार, १३ असार २०७८, ११ : ०६ मा प्रकाशित

बलियो सानिमा बैंक लाभांश वितरणमा किन कमजोर ?

सानिमा बैंक लिमिटेड नेपालका वाणिज्य बैंकहरूमध्येकाे एक हाे । बैंकले २०१२ सालदेखि "क" वर्गकाे वाणिज्य बैंककाे रूपमा कार्य गर्दै आइरहेकाे छ । 

बैंककाे आर्थिक अवस्था : 

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा बैंकले १ अर्ब ८५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। उक्त नाफा रकम गत आर्थिक  वर्षकाे यसै अवधिकाे तुलनामा १४.६७ प्रतिशतले धेरै हाे ।  बैंकले गत आर्थिक वर्षको यसै अवधिमा १ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य १ अर्ब ४० करोड ९५ लाख रुपैयाँ रहेको छ । 

बैंकको सञ्चालन मुनाफा २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १४.९५ प्रतिशतले बढी हो। गत वर्ष यस्तो मुनाफा २ अर्ब २९ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी ०.९० प्रतिशतले बढेर ३ अर्ब २७ करोड रुपैयाँमा पुगेको छ। गत वर्ष यही अवधिसम्म बैंककाे खुद व्याज आम्दानी ३ अर्ब २४ करोड रुपैयाँ रहेको थियो। 

बैंकको रिजर्भको आकार पनि १७.२१ प्रतिशतले बढेर ३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म बैंककाे रिजर्भमा २ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो। 

हाल बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७० पैसा रहेकाे छ । 

सेयर बजारमा सानिमा बैंक :

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंककाे ९ कराेड ६८ लाख १५ हजार एक सय ९२ कित्ता सेयर सूचिकृत छ । नेप्सेमा बिहीबार बैंककाे सेयरमूल्य ४ सय ६९ रूपैयाँ कायम भएको छ । बैंकको सेयर एक वर्षयता न्युनतम २ सय ८७ रूपैयाँ र अधिकतम ५ सय १२ रूपैयाँमा कारोबार भएको छ । बैंककाे पछिल्लो १२० दिनको औषत मूल्य ३ सय ८७ रूपैयाँ ३३ पैसा रहेको छ । बैंककाे सेयरमूल्यमा धेरै फरक भएकाे पाइएकाे छैन । अधिकतम ५ सय १२ पुगेकाेमा अहिले ४ सय ८५ रूपैयाँ छ ।  

बैंककाे लाभांश इतिहास 

बैंककाे १० वटा आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा १० वटा आर्थिक वर्षमध्ये बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७१/७२ मा २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६८/६९ मा ५.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । त्यस्तै, १० वटा आर्थिक वर्षमध्ये बैंकले ३ वटा आर्थिक वर्षमा बाेनस दिएकाे थिएन नगद मात्रै दिएकाे थियाे ।

बैंककाे सेयरमा दश वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी बैंकले वितरण गरेकाे बाेनसबाट अहिले बढेर ९७ हजार भन्दा माथी पुगेकाे छ ।

सानिमा बैंक लिमिटेड​को १० वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ६.५ प्रतिशत नगद वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस वितरण गरेकाे थिएन ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५.५ प्रतिशत नगद वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले बाेनस वितरण गरेकाे थिएन ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत नगद वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन । 

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ११.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ३.६ प्रतिशत नगद गरि कूल १३.६ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

बैंककाे व्यवस्थापन  :

बैंककाे व्यवस्थापनकाे बारेमा कुरा गर्नुपर्दा यस बैंककाे अध्यक्षमा विनय कुमार श्रेष्ठ रहेका छन् । बैंककाे सञ्चालकमा तुक प्रसाद पाैडेल, गायत्री थापा, भरत कुमार पाेखरेल, महेश घिमिरे र स्वतन्त्र सञ्चालकमा बलराम पराजुली रहेका छन् ।

बैंककाे प्रमुख कार्यकारी अधिकृतमा भुवन दाहाल रहेका छन् । नबिल बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका दाहालले करिब २२ बर्ष नबिल बैंकमा काम गरेका थिए । सन् २०१३ मा सानिमा बैंकको डेपुटी सिईओका रुपमा प्रबेश गरेके दाहाल सन् २०१४ मा बैंकको सिईओमा नियुक्त भएका हुन् । उनले त्रिभुवन विश्वबिद्यालयबाट फाइनान्समा एमबिए गरेका छन् ।

दाहाल अहिले नेपाल बैंकर्स संघका अध्यक्ष समेत हुन् । 

बैंकमा लगानी कति सुरक्षित ?

बैंककाे मूल्य आम्दानी अनुपात (पिई रेसियो) १८.३५ गुणा रहेकाे छ । सामान्यत पिई रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागि आकर्षक मानिन्छ । पिई रेसियो २० गुणालाई पनि लगानीका लागि खासै जोखिम नभएको ठानिन्छ । सेयर बजारमा पनि बैंककाे स्थान राम्राे छ । लगानीकर्ताहरूले राेज्ने वाणिज्य बैंककाे सूचीमा याे बैंक पनि पर्दछ । बैंककाे समग्र अवस्थालाई राम्ररी नियाल्दा बैंकमा लगानी गर्नु त्यति जोखिम नरहेकाे जनाउँछ । बैंककाे सेयरमा दिर्घकालिन लगानी गर्ने लगानीकर्ताले राम्रै नाफा कमाउने देखिन्छ ।

नोटः हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्तरुपमा लगानीकर्ताहरुको स्वविवेकमा र्निभर रहन्छ ।

भिडियाे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको