Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, १५ असार २०७८, ०८ : ०८ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर लिलामी भर्ने आज (असार १५ गते, मंगलबार) अन्तिम दिन रहेको छ । 
संस्थाले असार ६ गतेबाट लिलामीमा बिक्री खुल्ला गरेको संस्थापक सेयरमा आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ। 

संस्थाले नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता सेयर लिलामीमा राखेको हो। लिलामी सेयरमा विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ। त्यसैले, लगानीकर्ताहरुले सो वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

बोलपत्र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60da8485dc57e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको