Like us!
Follow us!
Connect us!
Watch us!

डिम्याट खाता नविकरण गर्न मेगा क्यापिटलका शेयरधनीलाई आग्रह

अर्थ संसार

मंगलबार, १५ असार २०७८, १० : ५१ मा प्रकाशित

डिम्याट खाता नविकरण गर्न मेगा क्यापिटलका शेयरधनीलाई आग्रह

मेगा क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ ।

मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेडकाे शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खाेलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७/७८ सम्मको  डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक  वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएकाे हाे । तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएकाे छ ।

हितग्राहीहरुले मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेडकाे आफूलाई पायक पर्ने नजिकैकाे शाखा कार्यालयहरू तथा र कनेक्ट आइपीएस, इ - सेवा, आइएमई पे, खल्तीबाट भुक्तानी गर्न सक्नेछन् । 

मेरो सेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने समेत क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60daab90f10d1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको