Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, १६ असार २०७८, १२ : २३ मा प्रकाशित

एनसीसी बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडकाे संस्थापक समूहको सेयरमा आवेदन दिने आज (असार १६ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले बैंकको ९ लाख कित्ता संस्थापक सेयर असार २ गते, बुधबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियाे । उक्त सेयरको न्यूनतम मूल्य एक सय ४० रूपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । 

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले आज (असार १६ गते, बुधबार) सम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयर खरीदका लागि बोलकबोल गर्दा लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्मका लागि बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c9aed393051.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको