Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति, व्याज कति ?

अर्थ संसार

बुधबार, १६ असार २०७८, १४ : ३३ मा प्रकाशित

माछापुच्छ्रे बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति, व्याज कति ?

माछापुच्छ्रे बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबाेनबाट अनुमति पाएकाे हाे । जसमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । बैंकले १० वर्ष अवधिकाे ८.५० प्रतिशत व्याजदर भएकाे ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको