Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबीएल सहभागीता फण्डमा देवयानी इन्टरनेशनलका कर्मचारीले व्यवस्थित लगानी गर्ने

अर्थ संसार

विहीबार, १७ असार २०७८, १३ : ३४ मा प्रकाशित

एनआईबीएल सहभागीता फण्डमा देवयानी इन्टरनेशनलका कर्मचारीले व्यवस्थित लगानी गर्ने

एनआईबीएल एस क्यापिटल लिमिटेड र देवयानी इन्टरनेशनल नेपालबिच एक सम्झाैता भएकाे छ । यी दुईबीच  एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डको “Corporate Payroll SIP” अन्तर्गत  व्यवस्थित लगानी योजनाको लागी एक समारोहबिच सम्झौतापत्रमा हस्ताक्षर भएकाे हाे ।

उक्त सम्झौतामा देवयानी इन्टरनेशनल नेपालका तर्फबाट कम्पनीका नायव महाप्रबन्धक रितु राज शाह र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । 

यस योजना अन्तर्गत, देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.का कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजनाको (SIP) अन्तर्गत लगानी गर्नेछन् । 

एनआईबीएल एस क्यापिटल लिमिटेड नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत योजनाहरुको योजना व्थवस्थापक तथा  डिपोजटरी हाे । त्यस्तै, देवयानी इन्टरनेशनल नेपालले नेपालमा के.एफ.सी., पिजा हट तथा क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन ब्राण्डहरु सञ्चालन गरिरहेको छ ।



 
 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको