Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

अर्थ संसार

शुक्रबार, १८ असार २०७८, ०७ : ३६ मा प्रकाशित

नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १५.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरको हो । कम्पनीको समायोजनपछिको मूल्य १ हजार ४ सय २९ रुपैयाँ निर्धारण भएको छ । 

कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ६ सय ५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यहि मूल्यलाई आधार मानेर आज आइतबार नेप्सेमा कम्पनीको सेयर कारोबार खुल्नेछ । 

कम्पनीको २५ औं वार्षिक साधारण सभा असार ३१ गते हुँदैछ । सभाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांस गरी कूल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि आज (असार १८ गते)देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

60de717b8947b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको