Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक र सिर्जना फाइनान्सलाई एकिकृत कारोबार गर्न जुर्यो साइत

अर्थ संसार

शुक्रबार, १८ असार २०७८, १२ : ०७ मा प्रकाशित

सिटिजन्स बैंक र सिर्जना फाइनान्सलाई एकिकृत कारोबार गर्न जुर्यो साइत

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिर्जना फाइनान्स कम्पनी लिमिटेडले असार २६ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै कम्पनीलाई असार १५ गते अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । दुवै कम्पनीकाे जेठ २७ गते सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि असार १७ गते स्वीकृती प्रदान गरेकाे थियाे ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ बमोजिम सिटिजन्स  बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा जेठ १० गते, साेमबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियाे ।

प्राप्तिपश्चात सिर्जना फाइनान्सको १०० कित्ता सेयर हुनेले सिटिजन्स बैंकको ९५ कित्ता सेयर पाउनेछन् । त्यस्तै, प्राप्तिपश्चात बैंकको चुक्तापूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । प्राप्तिपश्चात् बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १ नारायणहीटी पथमा रहनेछ ।

त्यसैगरी, डाटा माइग्रेशन प्रयोजनको लागि दुवै कम्पनीको कारोबार असार २५ गते बेलुका ५ बजेदेखि असार २६ गतेसम्म बन्द रहनेछ । सिटिजन्स बैंकले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनका लागि असार २४ गते, एक दिन बुकक्लोज गर्ने निर्णय गरेकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

60deb3104121c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको