Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, २० असार २०७८, १० : २२ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने आज (असार २० गते, आइतबार) अन्तिम दिन हो । बैंकको ऋणपत्रमा आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

बैंकले असार ६ गतेबाट प्रतिइकाई १ हजार रुपैयाँको दरमा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ४ लाख ५० हजार कित्ता बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ३ लाख कित्ता (मध्ये ५५ इकाई ऋणपत्र सामूहिक लगानी कोषका लागि समेत बाँडफाँड गरिएको समेत) सर्वसाधारणका लागि बिक्री गर्नेछ । 

बैंकले १० वर्ष अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९ प्रतिशत ब्याजदर रहनेछ  । बिक्री प्रबन्धकको काम एनआईबीएल एस क्यापिटलले गर्नेछ । 

लगानीकर्ताले उक्त ऋणपत्रमा आज असार ६ गतेदेखि छिटोमा असार ९ गते र ढिलामा असार २०  गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्  ।

बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी आइ आर डबल बि पल्स १’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम मानिन्छन् ।

उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको