Like us!
Follow us!
Connect us!
Watch us!

अस्पतालको बिल तिर्न मेगा बैंकले ल्यायो ‘मेगा मेडि कार्ड’ सुविधा

अर्थ संसार

आइतबार, २० असार २०७८, १४ : ११ मा प्रकाशित

अस्पतालको बिल तिर्न मेगा बैंकले ल्यायो ‘मेगा मेडि कार्ड’ सुविधा

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ । 

ग्राहकहरु बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो∕अफ्ठ्यारो पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ल्याइएको यो सुविधा मार्फत मेगा बैंक नेपाल लिमिटेडका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकहरुले न्युनतम रु २० हजारदेखि रु १ लाख ५० हजार रुपैँयासम्म क्रेडिट कार्ड (इन्स्टा–बाई) सुविधा १८ महिना सम्मको लागि उपभोग गर्न पाइने हुँदा यस व्यवस्थाले ग्राहकहरुलाई उपचारका लागि तत्कालै रकमको जोहो गर्न सहज हुने विश्वास बैंकले लिएको छ । ग्राहकहरुले आवश्यक कागजपत्र पेश गरेको २ दिनमा नै ग्राहकहरुलाई यस सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको बैंकले जनाएको छ । 

बैंकका डिजिटल तथा इबैंकिङ्ग विभाग प्रमुख विश्व सिंहका अनुसार, यो सुविधाका लागि प्रक्रियागत शुल्क निःशुल्क गरिएको छ भने क्रेडिट कार्डबापत लाग्ने शुल्कमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसका साथै, बैंकले बैंकबाट क्रेडिट कार्ड सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले हेल्थ प्याकेज लिन चाएमा त्यसको भुक्तानी गर्ने सुविधा समेत ल्याएको छ । अस्पतालको बिल भुक्तानीका लागि बिरामीको परिवारलाई समेत नाता प्रमाणित प्रमाणपत्रका आधारमा रकम उपलब्ध गराइने भएकाले यो सुविधा निकै सहज र प्रभावकारी हुने बैंकले जनाएको छ । 

यस अन्तर्गत अस्पतालको बिल सोझै बैंक समक्ष पेश गरी क्रेडिट कार्ड मार्फत अस्पताललाई भुक्तानी गर्न सकिनेछ भने ग्राहकहरुले आफुले भुक्तानी गरिसकेको बिलको शोधभर्ना समेत लिन सकिनेछ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको