Like us!
Follow us!
Connect us!
Watch us!

डाबरले ल्यायाे नेपालकै पहिलो फोर्टिफाइड जुस, मूल्य कति ?

अर्थ संसार

आइतबार, २० असार २०७८, १४ : २७ मा प्रकाशित

डाबरले ल्यायाे नेपालकै पहिलो फोर्टिफाइड जुस, मूल्य कति ?

डाबर नेपालले अहिलेको यो महामारीको अवस्थामा सबैलाई रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता पर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्याउनको लागि नयाँ जुस “रियल इम्यूनो म्याङ्गो प्लस” बजारमा ल्याएको छ । याे नेपालकै पहिलो फोर्टिफाइड जुस हो ।

फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भए पनि नेपालको लागि यो बिल्कुलै नयाँ उत्पादन हो । परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता बारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको हो ।

ग्राहकलाई सन्तुष्टी दिन आफ्ना उत्पादन वृहत् बनाउँदै नेपालको नं. १ जुस उत्पादक, डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर रहेकाे डाबर नेपालका प्रमुख एच.एस. बेदीले जानकारी दिएका छन् ।

रियल इम्यूनो म्याङ्गो प्लस, एउटा स्वास्थ्यवद्धक र ज्यादै मीठो आँपको जुस हो, जुन पावर अफ फाइभले भरिपूर्ण छ । रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिङ्ककले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्दछ । यति मात्र होइन, यो जुस आँपको मीठो स्वादमा आउने भएकोले यसमा टेष्ट र हेल्थ दुवै पाइन्छ ।

यस उच्च गुणस्तरको फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य ३० रूपैयाँ र १ लिटर प्याकको २५० रूपैयाँ कायम गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको