Like us!
Follow us!
Connect us!
Watch us!

डाबर नेपालद्वारा वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण

अर्थ संसार

मंगलबार, ०६ पुस २०७८, ११ : २९ मा प्रकाशित

डाबर नेपालद्वारा वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण

डाबर नेपालले वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेकाे छ । 

नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्न र वीर अस्पताल– NAMS लाई समग्र चिकित्सा सुविधाहरु सुदृढ गर्न मद्दत गर्ने उद्देश्यसहित डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत सघन उपचारको लागि २५ लाख रूपैयाँ बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको हाे ।

डाबर नेपालकाे अध्यक्ष तथा प्रबन्ध निर्देशक इश्वरी राना र एच.एस. बेदी, व्यापार प्रमुख–नेपाल तथा म्यानमारले वीर अस्पताल, एक कार्यक्रमका बीच उक्त उपकरणहरू हस्तान्तरण गरेका थिए । डा. अनुपमा कार्की र प्रा. डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पताल– NAMS का निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरिएको थियो । 

कार्यक्रममा डाबरका लागि प्रवक्ताले भने, “वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल हो जसले नेपालका नागरिकहरुलाई अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अहिलेको विश्वव्यापी महामारीको समयमा यस संस्थाको महत्वपूर्ण स्वास्थ्य सेवाहरु प्रदान गर्ने प्रयासमा हामीले सहयोग गर्नु समय सान्दर्भिक र उपयुक्त रहेको छ ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको