Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंक र नेपाल सुनचाँदी महासंघबीच सहकार्य

अर्थ संसार

आइतबार, २० असार २०७८, १६ : ५६ मा प्रकाशित

ज्योति विकास बैंक र नेपाल सुनचाँदी महासंघबीच सहकार्य

ज्योति विकास बैंक लिमिटेड र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच सहकार्य भएको छ। महासंघमा आवद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो। 

आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका तर्फबाट महासंघका अध्यक्ष रमेश महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार बैंकले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आवद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँसम्मको बिना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ ।

यस सम्झौता पश्चात नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आवद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई ज्योति विकास बैंकको कर्जा सेवाले थप सहजता प्रदान गर्नेछ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको