Like us!
Follow us!
Connect us!
Watch us!

असार मसान्त प्रभाव : नेप्सेमा दाेहाेराे अंककाे गिरावट, काराेबार रकममा संकुचन

नेप्से

सोमबार, २१ असार २०७८, १४ : ५६ मा प्रकाशित

असार मसान्त प्रभाव : नेप्सेमा दाेहाेराे अंककाे गिरावट, काराेबार रकममा संकुचन

चालु आर्थिक वर्ष सकिन लागेको छ । असार मसान्त नजिकिएसँगै व्यवसायीहरूलाई कर तथा किस्ताहरू तिर्नलाई तनाव थपिएको छ । करहरू चुक्ता गर्न लगानीकर्ताको लगानी सेयर बजारबाट बाहिरिएको छ । त्यसको प्रभाव बजारमा देखिएको छ । साताको दोश्रो दिन आज (सोमबार) पनि नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट देखिएको छ । हिजाे आइतबार नेप्से परिसूचक ८.४८ अंकले घट्दा जम्मा ५ अर्ब ५ करोडकाे काराेबार भएकाे थियाे । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.७८ अंकले घटेर २८२२.७३ विन्दुमा झरेकाे छ । नेप्से ०.४२ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.०४ अंकले घटेर ५२८.४१ विन्दुमा झरेको छ ।

 कूल २२४ वटा कम्पनीकाे एक कराेड ६३ हजार ६ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

60e2d360969bd.jpg

60e2d367d55d4.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेको छ ।

60e2d3742b5d1.jpg

त्यसैगरी, आइतबार हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४१ कराेड २० लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाउँदा गाेर्खाज फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

सोमबार सर्वाधिक कारोबार हुने १० कम्पनीहरूमा क्रमश : हिमालयन डिष्टीलरी, अपर तामाकोशी, नेपाल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल टेलिकम, नेशनल हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, नेपाल पुनर्बीमा, हाइड्रोइडलेक्टीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र एनआइसी एशिया बैंक रहेका छन् ।

60e2d37867d9c.jpg

सोमबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : विशाल बजार, हिमालयन डिष्टीलरी, छ्याङ्दी हाइड्रोपावर, १२ प्रतिशतल गुडविल फाइनान्स २०८३, सिइडिबी हाइड्रोपावर, नेपाल ल्युव आयल, हाइड्रोइडलेक्टीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, नारायणी डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पोरशन र शिवम् सिमेन्ट रहेका छन् ।

60e2d37d76395.jpg

सोमबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : गोर्खाज फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, नेशनल हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अपर तामाकोशी, सेन्ट्रल फाइनान्स, युनाइटेड इदी मर्दी र पाँचथर पावर रहेका छन् ।

60e2d3831a847.jpg

कतिपय विश्लेषकहरुले अहिले बजारमा सेयरहरू किन्ने सुनाैलाे अवसर रहेकाे बताएका छन् । अहिले सेयर बजारको मुख्य समय आउन थालेको हुनाले धेरै दिन बजार नघट्ने विश्लेषकहरुकाे तर्क छ । अहिले फण्डहरू पर्याप्त रहेको, रेमिट्यान्स पनि बढेको र डिम्याट खाता खोल्नेहरूको संख्या पनि बढ्दै गएको हुनाले सेयर बजार बढ्न अझै सजिलो हुनेछ । करेक्सन नआएको भए बजार थोरै मात्र माथि जाने थियो भने अहिलेकाे यो करेक्सनले गर्दा अझै धेरै माथि जान बजार बलियाे बनेकाे केही विश्लेषककाे दावी छ ।

याे पनि हेर्नुहाेस् :

कुन सेक्टरमा Rally आउला? बजार अब कता? Technical forecast | Ashad 20-24 | Share Tech Funda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको