Like us!
Follow us!
Connect us!
Watch us!

'इन्ट्रा डे' कारोबारमा के छ अन्तर्राष्ट्रिय अभ्यास ?

अर्थ संसार

मंगलबार, २२ असार २०७८, ०८ : ४३ मा प्रकाशित

'इन्ट्रा डे' कारोबारमा के छ अन्तर्राष्ट्रिय अभ्यास ?

नेपाल स्टक एक्स्चेन्जले अन्तर्दिवसीय कारोबार संचालन कसरी संचालन गर्न सकिन्छ भनेर अध्ययन गर्न गठन गरेको अध्ययन उपसमितिले विभिन्न देशको अभ्यास अध्ययन गरेर प्रतिवेदन तयार गरेको ।

उपसमितिले संसारकै विकसित पुँजी बजार तथा छिमेकी मुलुकहरुमा अन्तर्दिवसीय कारोबार र त्यस सँग जोडिएका अन्य अभ्यासको अवस्था के कस्तो छ भन्ने सम्बन्धमा सामान्य अध्ययन गरेको जनाएको छ । ती मुलुकका नियमक निकाय तथा बजार सञ्चालकहरुको वेभसाइटमा उपलब्ध सूचना, विवरण तथा ऐन नियमहरुमा व्यवस्था भएका अन्तर्दिवसीय कारोबार तथा सोसँग आवद्ध अन्य सुविधाहरुको सूची समितिले तयार पारेको हो ।                                              

मितिका अनुसार अमेरिका, भारत, ताइवान तथा सिंगापुरमा अन्तर्दिवसीय कारोबारका लागि आवश्यक सबै नीतिगत, संस्थागत तथा बजार पूर्वाधारहरु उपलब्ध छन् । चीनको पुँजी बजार नियमक निकाय र दुई ठूला स्टक एक्सचेन्जहरुको वेभसाइटमा उपलब्ध विवरणहरुको अध्ययन गर्दा आवश्यक पूर्वाधारहरु भए पनि अन्तर्दिवसीय कारोबार सञ्चालनमा रहे÷नरहेको यकिन गर्न नसकिएको समितिको भनाइ छ । 

त्यसैगरी पाकिस्तानमा धितोपत्र सापटी लेनदेन, अक्सन मार्केट, सर्ट सेलिङ र मार्जिन टे«डिङको सुविधा छ । बंगलादेशमा धितोपत्र सापटी लेनदेन, अक्सन मार्केट, सर्ट सेलिङ, मार्जिन ट्रेडिङ र यी कारोबार गर्नका लागि योग्य धितोपत्र सम्बन्धी कानुनी व्यवस्था रहेको देखिन्छ । यस अनुसार पाकिस्तान र बंगलादेशमा आवश्यक अधिकांश पूर्वाधार भए पनि अन्तर्दिवसीय कारोबारको अवस्था जानकारी हुन नसकेको समितिको भनाइ छ । श्रीलंकामा भने अक्सन मार्केट, सर्ट सेलिङका लागि सर्तसहितको व्यवस्था गरेको पाइन्छ ।  समितिले अमेरिकामा भएका अधिकांश वा सबै सुविधाहरु उपलब्ध हुनुपर्ने सुझाएको छ । 

उदाहरणका लागि अन्तर्दिवसीय कारोबारका लागि सापटी लेनदेन व्यवस्था अनिवार्य शर्त होइन । तर धितोपत्रको सापटी लिनेदिने व्यवस्था नगरी अन्तर्दिवसीय कारोबार सञ्चालन गर्दा विक्रेताले धितोपत्र उपलब्ध नगराएको खण्डमा उक्त कारोबारीको सबै दायित्व अक्सन मार्केटबाट पूर्ति गर्नुपर्ने हुन्छ र अक्सन मार्केटमा दबाब पर्न जान्छ । यसले कारोबारीको लागत बढाउँछ र कारोबार गर्न निरुत्साहित बनाउँने समितिको भनाइ छ ।

 

60e3c7ac8b1db.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको