Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक मसान्त र मौद्रिक नीतिले पर्ख र हेरको अवस्थामा लगानीकर्ता, किन खुम्चिँदैछ कारोबार रकम ?

नेप्से

मंगलबार, २२ असार २०७८, १४ : ५७ मा प्रकाशित

आर्थिक मसान्त र मौद्रिक नीतिले पर्ख र हेरको अवस्थामा लगानीकर्ता, किन खुम्चिँदैछ कारोबार रकम ?

माैद्रिक नीति सार्वजनिक गर्ने समय नजिकिन थालेकाे छ । चालु आर्थिक वर्ष सकिन लागेको छ । असार मसान्त नजिकिएसँगै व्यवसायीहरूलाई कर तथा किस्ताहरू तिर्नलाई तनाव थपिएको छ । करहरू चुक्ता गर्न लगानीकर्ताको लगानी सेयर बजारबाट बाहिरिएको छ । यस्ता कुराकाे प्रभाव बजारमा देखिएको छ । आज (मंगलबार) पनि नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट देखिएको छ । आइतबार र साेमबार पनि सेयर बजारले ओरालो यात्रा तय गरेकाे थियाे । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.२४ अंकले घटेर २८१८.१० विन्दुमा झरेकाे छ । नेप्से ०.१९ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.९७ अंकले घटेर ५२६.७५ विन्दुमा झरेको छ । कूल २२० वटा कम्पनीकाे एक कराेड एक लाख ३५ हजार २ सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार २ सय ५५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

60e42e421deb6.jpg

60e42e4915972.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेको छ ।

60e42e5bf1c93.jpg

त्यसैगरी, मंगलबार पनि हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३५ कराेड ८७ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाउँदा हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

मंगलबार सर्वाधिक काराेबार हुने १० कम्पनीहरूमा क्रमश : हिमालयन डिष्टीलरी, अपर तामाकाेशी, नेपाल बङ्गलादेश बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेशनल हाइड्राेपावर, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, नेपाल पुनर्बीमा कम्पनी, शिवम् सिमेन्ट, नबिल बैंक र मेगा बैंक रहेका छन् ।

60e42e6421042.jpg

मंगलबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : राष्ट्रिय बीमा कम्पनी लिमिटेड, माउन्टेन इनर्जी, सिभिल लघुवित्त, कर्पाेरेट डेभलपमेन्ट बैंक, समिट लघुवित्त, सानिमा लार्ज क्याप फण्ड, शिवम् सिमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्रभु सेलेक्ट फण्ड र ओरियन्टल हाेटल रहेका छन् । 

60e42e6dbce51.jpg

मंगलबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, अपर तामाकाेशी, रिडी हाइड्राेपावर, नेशनल हाइड्राेपावर, नेपाल इन्स्याेरेन्स, राधी विद्युत, जाेशी हाइड्राेपावर, विशाल बजार, गुडविल फाइनान्स र एनएमबि ५० रहेका छन् । 

60e42e742c023.jpg

कतिपय विश्लेषकहरुले अहिले बजारमा सेयरहरू किन्ने सुनाैलाे अवसर रहेकाे बताएका छन् । अहिले सेयर बजारको मुख्य समय आउन थालेको हुनाले धेरै दिन बजार नघट्ने विश्लेषकहरुकाे तर्क छ । अहिले फण्डहरू पर्याप्त रहेको, रेमिट्यान्स पनि बढेको र डिम्याट खाता खोल्नेहरूको संख्या पनि बढ्दै गएको हुनाले सेयर बजार बढ्न अझै सजिलो हुनेछ । करेक्सन नआएको भए बजार थोरै मात्र माथि जाने थियो भने अहिलेकाे यो करेक्सनले गर्दा अझै धेरै माथि जान बजार बलियाे बनेकाे केही विश्लेषककाे दावी छ ।

याे पनि हेर्नुहाेस् :

कुन सेक्टरमा Rally आउला? बजार अब कता? Technical forecast | Ashad 20-24 | Share Tech Funda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको