Like us!
Follow us!
Connect us!
Watch us!

आरविवि म्युचुअल फण्ड-१ मा आजदेखि आवेदन दिन सकिने, कस्तो छ लाभांशको प्रक्षेपण ?

अर्थ संसार

बुधबार, २३ असार २०७८, ०७ : १० मा प्रकाशित

आरविवि म्युचुअल फण्ड-१ मा आजदेखि आवेदन दिन सकिने, कस्तो छ लाभांशको प्रक्षेपण ?

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी ‘आरविवि म्युचुअल फण्ड १ आज असार २३ गते, बुधबारदेखि खुल्ला गर्दैछ । फण्डले एक अर्ब रूपैयाँ बराबरको १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

यस योजनाको कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

७ वर्ष अवधि रहेकाे यो एक बन्दमूखी योजना हो । कोष प्रवद्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । उक्त इकाईमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्तालाई प्रक्षेपित लाभांश दिनसक्ने गरी योजना बनाएका छौँ : बद्री प्रसाद प्याकुरेल

इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्कासन गर्न लागिएको हो ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्वा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताहरुले meroshare.cdsc.com.np मा गई आवेदन दिन सक्नेछन् । उक्त इकाईमा लगानीकर्ताले असार २३ गतेदेखि छिटोमा असार २७ गतेसम्म र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आफूहरूले लगानी गर्दा सबै क्षेत्रहरूलाई विशेष ध्यानमा राखेर राम्ररी अध्ययन गरिने हुनाले यो म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताहरूले राम्रो प्रतिफल पाउने बताउँछन् आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) बद्री प्रसाद प्याकुरेल । यो म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताहरूलाई ७ वर्षमा १६० प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरिएको छ । लगानीकर्तालाई  प्रक्षेपित लाभांश दिनसक्ने गरी योजना बनाइएकाे उनले बताएका छन्  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको